लघु बीमाका लागि ७ कम्पनी घोषणा, क–कसले पाए लाइसेन्स ?
लघु बीमाका लागि ७ कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सका लागि ७ कम्पनी छनोट भएको जानकारी दिएको हो । प्राधिकरणको सूचना अनुसार लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्सका लागि छनोटमा परेका छन् ।
क–कसले पाउने भए लाइसेन्स ?
लघुजीवन बीमा व्यवसाय
१.गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. विराटनगर ७ मोरङ, प्रदेश १ ।
२.क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश
३.लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. पोखरा ८ कास्की, गण्डकी प्रदेश
लघु निर्जीवन बीमा व्यवसाय
१.ट्रष्ट माइक्रो इन्स्योरन्स क.लि. बुटवल २ रुपन्देही, लुम्बिनी प्रदेश
२.नेपाल माइक्रो इन्स्योरेन्स क.लि. भरतपुर १ चितवन, वागमती प्रदेश
३.स्टार माइक्रो इन्स्योरेन्स क.लि. जनकपुरधाम धनुषा, मधेश प्रदेश
४.प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. धनगढी ३ कैलाली, सुदूरपश्चिम प्रदेश छनोट भएका छन् ।
प्राधिकरणले गत २०७९ भदौ १० गए ३५ दिने सूचना जारी गर्दै सात वटा प्रदेशमा १÷१ वटा लघुबीमा कम्पनी रहनेगरी ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको दरखास्त आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या