बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै टिभी हेर्ने बच्चालाई थप टिभी हेर्न लगाएर आमाबुवाले दिए सजाय

आइतबार, ११ मङ्सिर २०७९, १७ : ०१
आइतबार, ११ मङ्सिर २०७९

एक चिनियाँ दम्पतीले आफ्नो बच्चाले धेरै टिभी हेरेको भन्दै उनलाई रातभरी टिभी हेर्न लगाएर सजाय दिएका छन् ।

यो धेरैजसो आधुनिक अभिभावकले कुनै न कुनै समयमा भोग्ने समस्या हो । चाहे ठूला हुन् वा साना, आजकाल बच्चाहरु स्क्रिन हेरेर बस्न रुचाउँछन् । तपाईंले यसबारे केही नगरेसम्म उनीहरुमा यसको लत नै लाग्ने गर्छ । उनीहरुको स्क्रिन टाइमलाई सिमित गर्न वा उनीहरुको ध्यान अन्यत्र केन्द्रीत गर्ने ठूलो जिम्मेवारी आमाबुवाको हुन्छ ।

यो कथा एउटा यस्तो अभिभावकको हो जसले आफ्नो बच्चालाई धेरै टिभी हेरेका कारण सजाय दिएका छन् । उनीहरुलाई खासमा आफ्नो बच्चाले धेरै टिभी हेरेको मन परेको थिएन त्यसैले छोरालाई जे हेर्न मनपर्छ उनीहरुले त्यो हेर्न दिए तर त्यसका लागि छोरालाई रातभरी जागा बनाए ।

चीनको हुनान प्रान्तका एक जोडी बाहिर कतै जान लागेका थिए । त्यसअघि उनीहरुले आफ्ना ८ वर्षका छोरालाई होमवर्क गर्न र साढे ८ बजे सुतिसक्न आग्रह गरे । तर उनीहरु घर फर्किँदा उनका छोरा टिभी हेरिरहेका थिए । समय पनि ९ बज्न लागिसकेको थियो । छोराले होमवर्क पनि नगरेको कुरा उनीहरुलाई थाहा भयो । त्यसैले उनीहरुले छोरालाई पाठ पढाउने निधो गरे ।

उनीहरुको घरको सिसिटिभी चीनको सोसल मिडियामा भाइरल भएको छ । घटना नोभेम्बर ११ को हो । जब आमाबुवा घर आउँछन्, ती बालक बेडरुममा गएको त देख्न सकिन्छ तर टिभी र उनको नोटबुक हेरेपछि के भएको थियो भनेर उनीहरुलाई थाहा भयो । त्यसपछि बालकलाई लिभिङ रुममा तानेर ल्याए ।

ती बालकले खासमा आमाबुवाले गाली गर्लान् भन्ने सोचेका थिए तर उनले त्योभन्दा बढी सजाय पाए । उनका आमाबुवाले टिभी खोले र उनलाई मन परेको कार्यक्रम हेर्न भने । सुरुमा त उनी निकै रिल्याक्स देखिए तर समय बित्दै गएपछि देख्न सकिन्छ कि उनी जागा हुन निकै संघर्ष गरिरहेका थिए ।

यस्तो सजायले चीनको सोसल मिडियामा विवाद नै निम्त्याएको छ । कतिले यसलाई हिंसाको संज्ञा दिएका छन् । भिडियोमा ती बालक आफ्नो कोठामा सुत्न जान लागेको देखिन्छन् तर उनकी आमाले उनलाई तानेर ल्याउँछिन् र टिभी हेर्न बाध्य बनाउँछिन् । करिब २ बजेतिर ती बालकलाई रोइरहेको देख्न सकिन्छ र आमासँग सुत्न जान अनुमति मागिरहेको देख्न सकिन्छ । तर उनको कुरा आमाले सुन्दिनन् ।

ती बालक सोफामै निदाउँछन् पनि तर उनलाई आमाबुवा उठाउँछन् र टिभी हेर्न बाध्य बनाउँछन् । सीसीटिभीको टाइमस्ट्याम्पमा ती बालकलाई बिहान ५ बजेमात्रै सुत्न दिइएको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप