विश्व सहर दिवस र विश्व सहरी योजना दिवस मनाइँदै
विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ । ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।
कार्यक्रम संयोजक उपसचिव पद्मकुमार मैनालीले वर्षको नाराबारे प्रष्ट पार्दै दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा हासिल गर्न समयसीमाको करिब आधा समय व्यतित भइसक्दा पनि लक्ष्य नजिक पुग्न नसकिएको बताए । उनले भने, “सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनःविचार गर्नका लागि स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको छ ।”
हरेक वर्ष नोभेम्बर ८ मा विश्व सहरी योजना दिवस मनाउने गरिन्छ । यस्तै विश्व सहर दिवस अक्टोबर ३१ मा मनाउने गरिन्छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाइँदै आइएको छ । चाडपर्व र चुनावका कारण दुवै दिवस मनाउन ढिलो भएको मैनालीको भनाइ छ ।
“हामी संयुक्त रुपमा दुवै दिवस एकै दिन मनाउँदै छौँ” संयोजक मैनालीले भने । गोष्ठीमा राष्ट्रिय योजना आयोग, भक्तपुर नगरपालिका, बागमती गाउँपालिकालगायत संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्र्तक्रिया गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)