काठमाडौं उपत्यकामा श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने समातिए
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भूपेन्द्र बहादुर बुढामगर रहेका छन् ।
विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एयरपोर्टबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको मोटरसाइकल बरामद भएको छ । यस्तै विभिन्न मितिमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङबाट ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा