शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनलाई जुम्ला उद्योग वाणिज्य संघको ज्ञापनपत्र

आइतबार, ११ मङ्सिर २०७९, १६ : ०५
आइतबार, ११ मङ्सिर २०७९

व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ जुम्लाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न माग अघि सारेको छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीलाई ज्ञापनपत्र बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाद्वारा हालै गरिएको चर्को व्याजदर फिर्ता हुनुपर्ने, हाल ऋणीहरुले तिरेको थप व्याज फिर्ता हुनपर्ने, उद्योगीहरुलाई सहजीकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेस्क निर्माण गर्न समन्वयकारी भूमिका खेल्नुपर्ने र घुमन्ते व्यवसायलाई कानुनी दायरामा ल्याएर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने माग अघि सारिएको देवकोटाले बताए ।

कोभिड–१९ महामारीका कारण उद्योगधन्दा तथा कलकारखाना थला परेको र मजदुर तथा कर्मचारीहरु कटौती गर्नुपर्ने अवस्थाले उत्पादनमा कमी आएकै समयमा इन्धनमा भएको मूल्यवृद्धिले पीडामा परेका उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदरका कारण थप पीडामा पारेको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले व्यापारीहरुका माग सम्बोधन गर्न पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप