बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सातापछि सर्‍यो ‘सरी मम’

आइतबार, ११ मङ्सिर २०७९, १५ : ०३
आइतबार, ११ मङ्सिर २०७९

फिल्म ‘सरी मम’ को प्रदर्शन मिति सरेको छ । १५ मंसिरमा प्रदर्शनमा हुन लागेको फिल्म दुई साता सरेर मंसिर २९ मा पुगेको हो । निर्माता विनोद लामाले समय र परिस्थिति हेरेर फिल्मको रिलिज मिति सारेको बताए ।

लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म एनएफआई कृयशन निर्माण गरेको हो । फिल्मका निर्देशक नवीन बोगटी हुन् । सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबी कटुवा, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको फिल्ममा अभिनय रहेको छ । 

फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको फिल्म आयुष बुढाथोकी र सरोज पौडेलले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप