देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।
शनिबार निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् , ‘मसँग भेटघाट हुँदा उहाँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ । म उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु । मैले उहाँलाई समर्थन गर्छु ।’
देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने निधिले बताए । ‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो । उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिनँ,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो । उहाँ इच्छा देखे मैले । मैले सहयोग गर्छु भनेँ ।’
गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने निधिको भनाइ छ । ‘नेपाली कांग्रेसबाट जितेका उम्मेदवारमा शेरबहादुरजीकै बहुमत छ । संसदीय दलको नेताको चुनावै भयो भने शेरबहादुरजीकै बहुमत छ । उहाँ इच्छुक हुँदासम्म संसदीय दलको नेता उहाँ नै हो ।’
निधिका अनुसार देउवाले रामचन्द्र पौडेललाई समर्थन नगरेर संसदीय दलको नेता बन्न सक्ने अवस्था छैन । ‘शेरबहादुर देउवाजीले समर्थन नगरेर कोही पनि संसदीय दलको नेता बन्ने अवस्था छैन । रामचन्द्रजी पनि संसदीय दलको नेता बन्नका लागि उहाँले समर्थन गर्नुपर्छ,’ निधिले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक यति धेरै बढ्यो राष्ट्रिय नाचघरको आम्दानी
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?