डिप्रेशनसँग जुधेका अनुराग कश्यपले भने, ‘तीन पटक रिह्याब गएँ, हृदयघातसमेत भयो’
अनुराग कश्यप तत्काल प्रतिक्रिया दिनुपर्ने उनको बानीका लागि परिचित छन् । उनी हरेक मुद्दामा खुलेर आफ्नो कुरा राख्छन् । आजकाल अनुराग आफ्नो आउँदो फिल्म ‘अलमोस्ट प्यार विद डिजे मोहब्बत’ का लागि चर्चामा छन् । तर फिल्मको चर्चाबीच अनुरागले आफ्ना बारे यस्तो खुलासा गरेका छन् जुन अचम्म्ति पारिदिने खालको छ ।
डिप्रेशनमा थिए अनुराग
इन्डियन एक्सप्रेससँगको कुराकानीमा अनुरागले उनी डिप्रेशनसँग जुधिसकेको बताए । अनुरागले भने, ‘कोरोना लकडाउनका कारण मेरो फिल्म ‘अलमोस्ट प्यार विद डिजे मोहब्बत’ को सुटिङ गर्न ढिला भइरहेको थियो र मेरो वेब सिरिज तान्डव पनि मुश्किलमा थिए, त्यतिबेला म आफ्नो जीवनको सबैभन्दा अँध्यारो चरणबाट गुज्रिएको थिएँ । यी चिजपछि म आफूलाई एउटा जेलमा भएको जस्तो महसुस गर्थेँ । पछि म तीनपटक रिह्याब जानु परेको थियो । यतिबेला मेरो स्वास्थ्य पनि निकै खराब भएको थियो र मेरो हृदयघात पनि भएको थियो ।’
यससँगै उनले थपे, ‘यी सबै कुरासँग कसरी डिल गरुँ भनेर बुझिरहेको थिइनँ । बिस्तारै मैले आफ्नो कदम पछि सार्न सुरु गरेँ । अब म ठिक छु । म अहिले पनि फिल्म बनाइरहेको छु । मैले पुनः बनाएँ । अरु मानिस झैँ बसेर प्रतीक्षा गर्ने सुविधा मलाई छैन ।’
छोरीले धम्की पाउन थालेपछि तनावमा थिए
ट्विटरमा अनुराग कश्यपकी छोरीलाई पनि निकै ट्रोल गर्ने गरिन्छ । उनकी छोरी आलिया कश्यपलाई बलात्कारको धम्की पनि आउन थालेको थियो, त्यसपछि अनुरागकी छोरीलाई एङ्जाइटी अट्याक पनि आउन थालेको थियो । यसबारे कुरा गर्दै अनुराग कश्यपले भने, ‘मैले ट्विटर छोडिदिएको थिएँ किनभने मेरी छोरीलाई ट्रोल गरिँदै थियो, बालात्कारको धम्की आउन थालेको थियो । उनलाई एङ्जाइटी अट्याक हुन थालेको थियो । त्यसैले म ट्वीटर छोडेर पोर्चुगल गएको थिएँ । ’
अनुरागले पछि लण्डनमा आफ्नो फिल्म ‘अलमोस्ट प्यार विद डिजे मोहब्बत’ को सुटिङ गरेका थिए । यद्यपि, अनुराग कश्यपले यति बेला र फिल्म बनाउने बेला उनले आफ्नी छोरीसँग एउटा नयाँ बन्ड गाँसिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा