शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा माओवादीको दाबी : गठबन्धन सापेक्षिक रुपमा सफल, जुम्लामा  पूर्ण रुपमा असफल

आइतबार, ११ मङ्सिर २०७९, १३ : ३८
आइतबार, ११ मङ्सिर २०७९

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आम निर्वाचन ०७९ को समीक्षा गरेको छ । माओवादीले कर्णालीमा गठबन्धन पूर्ण रुपमा सफल नभएको समीक्षा गरेको छ । माओवादीले कर्णालीमा प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

प्रदेशभरको प्रत्यक्ष तर्फको प्रतिनिधिसभा तर्फ ४ र  प्रदेशसभा तर्फ ९ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभा तर्फ ९ क्षेत्रमा, नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फबाट ३ क्षेत्रमा विजय हासिल गरेको छ । 

यसरी हेर्दा गठबन्धन सम्बद्ध दलहरूको तर्फबाट कर्णाली प्रदेशको प्रतिनिधिसभा तर्फको कूल ११ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फको कूल २४ निर्वाचन क्षेत्र मध्ये १८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।  माओवादीका प्रदेश अध्यक्ष विमला केसीले जुम्लामा गठबन्धन पूर्ण रुपमा असफल भएको बताइन् ।

यस्तै  दैलेख २ (ख) सुर्खेत २ (क), डोल्पा १(क) मुगु १ (क) मा गठबन्धन दल मित्रको आन्तरिक गडबडी र समस्याका कारण पराजित हुनु परेको उनको भनाई छ । केसीले भनिन, ‘विजय र पराजयको यथार्थ वस्तुनिष्ट समीक्षा हुने नै छ । संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गरिएको गठबन्धन केही सीमा समस्या र केही निर्वाचन क्षेत्रको पराजयको तीतो अनुभूतिको बीचमा पनि अन्य प्रदेशहरूको तुलनामा हाम्रो कर्णालीमा सापेक्षित रुपमा सफल भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप