स्याङ्जा घटना : इन्सेकले भन्यो बुथ कब्जाको आरोप पुष्टि हुने आधार छन्

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ ।
अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ । सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ ।
अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका-५ स्थित जनसक्रिय आधारभूत विद्यालय, चिठीपोखरी मतदान केन्द्रमा पुग्दा केही स्थानीयले तत्कालै फर्कन र भविष्यमा जे पनि हुनसक्ने भन्दै धम्क्याएको बताएको छ । घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन तथा निर्बाध अनुगमनको वातावरण तयार गर्न निर्वाचन आयोग तथा नेपाल सरकारसँग इन्सेकले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक