सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित
आइतबार, ११ मङ्सिर २०७९, ११ : ५२
प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।
राय नौ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।
पराजित चौधरीले नाै हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४० मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी