यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे
अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेकपा एमालेका टाेपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले २६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘क मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५ सय २५ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न ह्वीलचेयर लिएका स्वतन्त्र उम्मेदवार विक्रम खनालले २५ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ख मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका रामजीप्रसाद घिमिरे २२ हजार ७ सय ८९ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न स्कुटर लिएका स्वतन्त्र उम्मेदवार खेतुलाल उपाध्यायले २९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त