शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

आइतबार, ११ मङ्सिर २०७९, ११ : ०३
आइतबार, ११ मङ्सिर २०७९

चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । 

शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको छ । ‘बाहिरबाट ताला लागेको अवस्था देखिन्छ’ एसपी अधिकारी भन्छन्–‘कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

आगलागी शुक्रवार राति भएको बताइएको छ । शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप