उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो : किम
आइतबार, ११ मङ्सिर २०७९, १० : ४३
उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्ति सम्पन्न देश हुनु रहेको बताएका छन् ।
उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।
‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो’, किभले भने । उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु लगाउने प्रविधिको विकासमा एक अद्भुत छलाङ मारेको उनले बताए । तर, त्यसबारे उनले विस्तृत जानकारी भने दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम