एकीकृत समाजवादी : प्रतिनिधि सभातर्फ दुई प्रदेशमा निल
नेकपा एकीकृत समाजवादी दुई प्रदेशमा निल भएको छ । सो पार्टीले प्रतिनिधि सभाका १६५ मध्ये १९ सिटमा उम्मेदवारी दिएको थियो । उम्मेदवारी दिएकामध्ये १० सिट जित्दा नौ सिट गुमाउन पुगेको सो पार्टी सिंगै दुई प्रदेशबाट एउटै जित ननिकालेपछि निल बन्न पुगेको हो ।
गण्डकी र प्रदेश नम्बर १ मा निल भएको सो पार्टीका उम्मेदवार इलाम १ मा सम्मानित नेता झलनाथ खनाल एमाले उम्मेदवार महेश बस्नेनेतसँग प्रतिस्पर्धारत छन् । त्यहाँको मत गणना सकिएको छैन । प्रदेश १ मा १४ जिल्ला रहेका छन् भने गण्डकीमा ११ जिल्ला रहेका छन् ।
सो पार्टीले मधेश प्रदेशमा भने दुई सिट जितेको छ । रौतहट १ र बारा ४ बाट क्रमशः माधव नेपाल र कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । मधेस प्रदेशमा ८ जिल्ला रहेका छन् ।
त्यस्तै लुम्विनीमा दाङ १बाट मेटमणी चौधरी निर्वाचित भएर प्रदेश निल हुनबाट जोगाएका छन् । यो प्रदेशमा १२ जिल्ला रहेका छन् ।
कर्णालीबाट पनि दुई सिट जितेको समाजवादीले डोल्पा र दैलेखबाट क्रमशः अम्बरबहादुर थापा र धनबहादुर बुढा निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा १० जिल्ला रहेका छन् ।
सबैभन्दा धेरै ३ सिट सुदुरपश्चिममा जितेको यो पार्टीबाट अछाममा शेरबहादुर कुँवर, डोटीमा प्रेम आले तथा बझाङमा भानुभक्त जोशी निर्वाचित भएका छन् । सुदुरपश्चिमममा नौ जिल्ला रहेका छन् ।
१३ जिल्ला रहेको वागमतीमा धादिङ १ बाट मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।
समाजवादीले प्रदेशसभा तर्फ पनि अहिलेसम्म १० सिट जितेको छ । जसमा कञ्चनपुर ३ (क) बाट प्रकाश रावल, चितवन १ (ख) कृष्णप्रसाद शर्मा खनाल, सप्तरी ४ (क) गोविन्दबहादुुर न्यौपाने, सिरहा ३ (ख) प्रमोदकुमार यादव, काभ्रेलिाञ्चोक २ (क) लक्ष्मण लम्साल, काठमाडौं १० (ख) रमा आलेमगर, रौतहट २ (ख) कनिश पटेल,सर्लाही १ (ख) वेची लुङगेली, भत्तलपुर २ (ख) राजेन्द्रमान श्रेष्ठ, काठमाडौ ७ (क) वसन्तप्रसाद मानन्धर निर्वाचित भएका छन् । इलाम १ (क), कैलाली ४ (क) र पाँचथर (क) मा जारी मत गणनामा यो पार्टीको अग्रता रहेको छ ।
१० सिट प्रतिनिधि सभा र १० सिट प्रदेश सभा जितेको यो पार्टीले समानुपातिक तर्फको मत गणनामा अहिलेसम्म ३ प्रतिशत कटाउन सकेको छैन । समानुपातिकतर्फको ८३ लाख मत गणना सकिँदा यो पार्टीले २ लाख २२ हजारमात्र पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्यमा शिक्षा मन्त्रालय
-
कमिन्सले च्याम्पियन्स ट्रफी खेल्नेमा शंका
-
दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि
-
अस्ट्रेलियाको जङ्गलमा १३ दिनदेखि बेपत्ता युवक सकुशल भेटिए
-
स्वास्थ्य मन्त्रालयको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन
-
आर्मी क्लबले बागमती प्रदेशलाई दियो २०४ रनको लक्ष्य