मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्क्विड गेमका ७८ वर्षका अभिनेता ओ योङ–सुमाथि यौन हिंसाको आरोप

आइतबार, ११ मङ्सिर २०७९, १० : १९
आइतबार, ११ मङ्सिर २०७९

दक्षिण कोरियाली न्यायिक अधिकारीले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ–सुमाथि यौन हिंसाको आरोप लागेको बताएका छन् ।

अधिकारीहरू ७८ वर्षीय अभिनेता माथि सन् २०१७ मा एक महिलालाई गलत तरिकाले छोएको आरोप लगाइएको जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ओ योङ–सुले यी आरोप अस्वीकार गरेका छन् ।

यस वर्षको सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ–सुले स्क्विड गेमका लागि ‘उत्कृष्ट सहयोगी अभिनेता’ का लागि गोल्डेन ग्लोब अवार्ड प्राप्त गरेका थिए । यो सम्मान पाउने उनी पहिलो दक्षिण कोरियाली अभिनेता हुन् ।

योनहाप समाचार एजेन्सीका अनुसार कथित पीडितले गत वर्ष डिसेम्बरमा ओविरुद्ध उजुरी दिएकी थिइन् तर ओविरुद्धको आरोपको छानबिन नगरी यस वर्ष अप्रिलमा मुद्दा बन्द गरिएको थियो ।

‘पीडितको पुनरावेदनमा’ अभियोजन पक्षले मुद्दा पुनः खोलेको र मुद्दाको अनुसन्धान फेरि सुरु भएको समाचार एजेन्सीहरू बताउँछन् ।

अब यो मुद्दामा ओ अभियुक्त हुन तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यी आरोपहरू बाहिर आएपछि दक्षिण कोरियाको संस्कृति मन्त्रालयले ओ योङ–सुलाई एक सरकारी विज्ञापनको प्रसारणमाथि रोक लगाउने निर्णय गरेको छ ।

द स्क्विड गेम नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको सिरिज हो । यो एक थ्रिलर सिरिज हो जसमा ऋणमा डुबेका थुप्रै प्रतियोगी पैसाका लागि एउटा यस्तो प्रतियोगितामा भाग लिन्छन् जसमा उनीहरुले जीवन र मृत्युबीच लड्नु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप