अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण बिक्रीमा प्रतिबन्ध
आइतबार, ११ मङ्सिर २०७९, १० : १४
अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ ।
एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, ‘एफसीसी अविश्वसनीय सञ्चार उपकरणहरू हाम्रो सिमानाभित्र प्रयोगको लागि अधिकृत छैन भनी सुनिश्चित गरेर हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ र हामी त्यो काम जारी राख्छौ ।'
उनले अगाडि थपिन्,‘यी नयाँ नियमहरू अमेरिकी जनतालाई दूरसञ्चार सम्बन्धी राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउनको लागि हाम्रो चलिरहेको कार्यहरूको महत्त्वपूर्ण भाग हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास