शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय चुनावमा नराम्रोसँग हारेपछि ताइवानकी राष्ट्रपतिले पार्टी प्रमुखबाट दिइन् राजीनामा

आइतबार, ११ मङ्सिर २०७९, १० : १५
आइतबार, ११ मङ्सिर २०७९

स्थानीय चुनावमा आफ्नो पार्टी डेमोक्र्याटिक पिपुल्स पार्टी (डीपीपी) को कमजोर प्रदर्शनपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

यी चुनावमा विपक्षी पार्टी कुओमिन्ताङ (केएमटी) ले राम्रो प्रदर्शन गरेको छ र राजधानी ताइपेई लगायत धेरै मुख्य शहरहरूमा जित हासिल गरेको छ ।

ताइवानमा भइरहेको यो निर्वाचनमा सारा विश्वको नजर थियो । ताइवानलाई लिएर पछिल्लो समय चीन र अमेरिका आमनेसामने भएका छन् र यो टापु विश्व राजनीतिमा चर्चाको केन्द्र बनेको छ ।

चीन र ताइवानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै राष्ट्रपति साइ इङ वेनले यस चुनावमा ‘लोकतन्त्रका लागि भोट’ भन्ने नारा दिएकी थिइन् ।

शनिबार नतिजा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साईले भनिन्, ‘चुनावको नतिजा हामीले सोचे जस्तो भएन । म यस परिणामको जिम्मेवारी लिन्छु र तत्काल प्रभावबाट डीपीपीको अध्यक्ष पदबाट राजीनामा दिन्छु ।’

स्थानीय परिषद् र शहरको मेयरको चुनावको केन्द्र घरेलु मुद्दा थिए जसमा अपराध, आवास र सामाजिक कल्याणजस्ता मुद्दालाई केन्द्रमा राखिएको थियो । यी निर्वाचनहरू कुनै पनि हिसाबले चीन वा परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार नभए पनि देशको लोकतन्त्रका बारेमा सोचेर मतदान गर्न जनतालाई अपिल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप