बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : ताकुमी मिनामिनो, जापान

पोजिसन : फरवार्ड, उमेर : २७ वर्ष
आइतबार, ११ मङ्सिर २०७९, ०९ : ४५
आइतबार, ११ मङ्सिर २०७९

जापानको फुटबलमा १० नम्बर जर्सीको आफ्नै महत्त्व छ । सुनसुके नाकामुरा र सिन्जी कागावाजस्ता खेलाडीले पहिरिएको यो जर्सीलाई अहिले ताकुमी मिनामिनोले पहिरिन्छन् । त्यसैले त्यो जर्सीसँगै आउने जिम्मेवारी उनको काँधमा रहेको छ ।

सन् २०१९÷२० सिजनमा लिभरपुलसँग आबद्ध भए पछि मिनामिनोले निकै चर्चा कमाए । उनी लिभरपुलको सुरुवाती ११ मा नियमितरुपमा पर्न नसके पनि उनी ३० वर्षपछि क्लबलाई लिग उपाधि जिताउने टोलीको सदस्य थिए । गत सिजन लिभरपुललाई चारवटा उपाधि नजिक पुर्‍याउन पनि उनले योगदान दिए । एनफिल्ड गत सिजन उनले प्रत्येक १०१ मिनेटमा गोल गरेका थिए ।

मिनामिनो यस सिजनको सुरुमा फ्रेन्च लिग १ क्लब मोनाकोमा आबद्ध छन् । उनले क्लबका लागि ९ खेल खेलेर १ गोल गरेका छन् भने ३ असिस्ट गरेका छन् ।

जापानका लागि भने उनले ४४ खेल खेल्दै १७ गोल गरेका छन् । कतार विश्वकपमा पनि मिनामिनोले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले जिम्मेवारी सम्हालेदेखि मिनामिनो टिमका लागि मुख्य खेलाडीको रूपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप