नवनिर्वाचित जनप्रतिनिधि : खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् ।
बागलुङ–१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बनेका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२) बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराखेका छन् । बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए।
उनले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताए । बागलुङमा यही मङ्सिर ७ गते नै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताए।
सांसद केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए । उनले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताए।
बागलुङ–२ (२) बाट निर्वाचित दोर्णकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताए । उनले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाए ।
उनले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताए। बागलुङ–२ (१)बाट निर्वाचित कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल