सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?

आइतबार, ११ मङ्सिर २०७९, ०९ : ०७
आइतबार, ११ मङ्सिर २०७९

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ  २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । 

त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले  २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ ।  पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ । 

राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेका जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः २ लाख २१ हजार ४२७ र २ लाख २० हजार ५२८ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप