शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

आइतबार, ११ मङ्सिर २०७९, ०८ : ४३
आइतबार, ११ मङ्सिर २०७९

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो । 

कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ । त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ । 

सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ । एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ ।

यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप