आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए ।
पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो । उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।
रावलपिंडीमा भएको -यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए । खान भने केही समय ढिलो कार्यक्रममा उपस्थित भएका थिए ।
‘तीन अपराधी’ले आफूमाथि अर्को हत्या प्रयास गरेको उनले बताए । आफ्नो भाषणको क्रममा खानले आफ्नो प्रधानमन्त्रीको समयमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा