बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा

आइतबार, ११ मङ्सिर २०७९, ०६ : ४४
आइतबार, ११ मङ्सिर २०७९

ताइपेय—ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

 ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।

वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप