शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोडल साया भण्डारी दुर्घटनामा घाइते

शनिबार, १० मङ्सिर २०७९, १९ : ५७
शनिबार, १० मङ्सिर २०७९

 मोडल साया भण्डारी सडक दुर्घटनामा परेकी छन् । उनी सवार स्कुटर शनिबार स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको लोक दोहोरी गायक शिव हमालले जानकारी दिए ।

मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’,  ‘शासन’,  ‘  पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप