शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजीव कोइरालालाई हराउँदै सुनसरी–२ (२) मा एमालेका मेहता विजयी

शनिबार, १० मङ्सिर २०७९, १९ : २०
शनिबार, १० मङ्सिर २०७९

सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मेहताले १७ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरेका छन् । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका थिए । यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप