बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन् २०१० पछि विश्वकपमा अस्ट्रेलियाको पहिलो जीत

शनिबार, १० मङ्सिर २०७९, १७ : ५१
शनिबार, १० मङ्सिर २०७९

अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो । उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए ।

योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए । 

विश्वकपमा सन् २०१० पछि अस्ट्रेलियाको यो पहिलो जीत पनि हो । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो । अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप