बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

शनिबार, १० मङ्सिर २०७९, १७ : ३५
शनिबार, १० मङ्सिर २०७९

इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । 

यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफु हार्ने संकेत पाएपछि अनावश्यक  ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताए । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए  ।  

मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप