जीवन बीमक संघका अध्यक्षमा पौडेल
शनिबार, १० मङ्सिर २०७९, १६ : ५८
जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
यस्तै, संघको उपाध्यक्षमा प्रवीण रमन पराजुली निर्वाचित भएका छन् । पराजुली नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको महासचिवमा ज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणबिक्रम खत्री, कोषाध्यक्षमा एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ निर्वाचिन बनेका छन् ।
यस्तै, कार्यकारी सदस्यमा एलआईसीका प्रमुख कार्यकारी अधिकृत एलपी दास, आईएमई लाइफका कवि फुयाल निर्वाचित बनेका छन् । यसैगरी, रिलायबल लाइफका नारायणबाबु लोहनी समेत कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु