शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा दुई दशकपछि मूर्ति स्थापनाका लागि कलशयात्रा

शनिबार, १० मङ्सिर २०७९, १६ : २८
शनिबार, १० मङ्सिर २०७९

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरङ्गबली मन्दिरमा १९ वर्षपछि मूर्ति स्थापना गरिने भएको छ । 

भारतबाट ल्याइएको शङ्खमरमरको बजरङ्गबलीको मूर्ति रामजानकी विवाहपञ्चमीका अवसर परेर मङ्गलबार मन्दिरमा स्थापना गरिने भएको छ । पञ्चमुखी बजरङ्गबली मन्दिरमा प्राण प्रतिष्ठा एवम् मूर्ति स्थापनाका लागि आज सयौँको सङ्ख्याले राजविराजमा कलशयात्रा निकालिएको छ । 

पञ्चमुखी बजरङ्गबली मन्दिर निर्माण एवम् प्रतिमा स्थापना समितिका अनुसार सोमबार पूजापाठ र मङ्गलबार मूर्ति प्रतिमा स्थापना गरिने छ । उक्त मूर्ति दुई दशकदेखि स्थानीय सत्यनारायण चौधरी घरमा राखिएको छ । भारत, राजस्थानको राजधानी जयपुरबाट २०६० सालमा पञ्चमुखी हनुमानको प्रतिमा ल्याइएको हो ।

राजबिराज नगरपालिकाका तत्कालीन नगर प्रमुख जगरनाथ दासले २०५५ सालमा मन्दिर शिलान्यास गरी रु ५० हजार सहयोग गर्नुभएपछि स्थानीयको सहयोगमा मन्दिर निर्माण कार्य भएको हो । मन्दिरको स्तरोन्नतिका लागि पूर्वमन्त्री स्व मिथिला चौधरीले रु १२ लाख सहयोग गरेको उनका छोरा अभिनव चौधरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप