बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

शनिबार, १० मङ्सिर २०७९, १५ : ४७
शनिबार, १० मङ्सिर २०७९

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरूको सहभागिता रहेको  थियो ।  

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई अझबढी व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरूप  कार्यक्रम आयोजना गरिएको बताए  । 

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप