बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

शनिबार, १० मङ्सिर २०७९, १५ : ०९
शनिबार, १० मङ्सिर २०७९

महोत्तरी १ को मतगणना अवरुद्ध  भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो । ‘गणनाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ’ जनमत पार्टीका नेताले भने ।

महोत्तरी १ मा  कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ । निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलबाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ । तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ । 

क्रस मतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछि समानुपातिक र प्रत्यक्ष एक साथ गणना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर १ (ख) को मतपरिणाम सार्वजनिक भइसकेको छ भने (क) तर्फ बर्दीबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप