आजको विनिमय दरः डलर र युरोको भाउ उकालो लाग्यो
बिहीबार, १५ असार २०७४, १४ : ०७
काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर र युरोपियन युरोको भाउ उकालो लागेको छ । राष्ट्र बैंकले बिहीबार तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३ रुपैयाँ ९ पैसा र विक्रि दर एक सय ३ रुपैयाँ ६९ पैसा पुगेको छ ।
यस्तै, युरोपियन युरोको भाउ पनि खरिद दर एक सय १७ रुपैयाँ १० पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । बुधबारवाट युरोको भाउ उकालो लागेको हो । यसअघि डलर खरिददर एक सय २ रुपैयाँमा थियो भने युरो एक सय १५ रुपैयाँको हाराहारिमा थियो ।
(यस्तो छ आजको विनिमय दर)