मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : रोर्डिगो डी पाउल, अर्जेन्टिना

शनिबार, १० मङ्सिर २०७९, १४ : ४१
शनिबार, १० मङ्सिर २०७९

पोजिसन :  मिडफिल्डर, उमेर :  २८ वर्ष

ला लिगा क्लब एट्लेटिको मड्रिडमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर रोर्डिगो डी पाउल अर्जेन्टिनाका लागि मुख्य खेलाडी हुन् । उनले अर्जेन्टिनाका लागि राष्ट्रिय टोलीमा हालसम्म ४५ खेल खेलेर दुई गोल गरेका छन् ।

युरोपियन फुटबलमा उत्कृष्ट मिडफिल्डरको रुपमा पहिचान बनाउन सफल डी पाउल अहिले राष्ट्रिय टोलीका लागि विश्वकपको उपाधि दिलाउने योजनामा छन् । तर विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिना विश्वकपको पहिलो खेलमा नै साउदी अरेवियासँग पराजित भएको थियो । त्यसैले अर्जेन्टिनालाई आजको खेलमा जित्नै पर्ने दबाब भएका कारण डी पाउलले मुख्य भूमिका निभाउने आशा गरिएको छ ।

डी पाउलले उनका दुई सहकर्मी लिआन्ड्रो परेडेस र जियोवानी लो सेल्सो जस्तै मिडफिल्डरको रूपमा आफ्नो क्यारियर सुरु गरेका थिए । अर्जेन्टिनाले साउदी अरेवियासँगको पहिलो खेलमा डी पाउललाई मुख्य खेलाडीको रुपमा मैदान उतारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप