मुगु प्रदेशसभा (ख) बाट माओवादीका शाही विजयी
शनिबार, १० मङ्सिर २०७९, १४ : ४०
![मुगु प्रदेशसभा (ख) बाट माओवादीका शाही विजयी](https://rpcdn.ratopati.com/media/albums/mugu22_uSQshXRN8b.jpg)
मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् । शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन्। शाहीले नेकपा एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।
मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्। सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यामरा भएको इयरपडमा काम गर्दैछ एप्पल
-
प्रतिनिधिसभा बैठक पुनः सुरु
-
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री
-
प्रशासनिक केन्द्र निर्माण राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस
-
मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित
-
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?