शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय सीमामा पसेको पाकिस्तानी ड्रोनलाई गोली हानेर खसालियो

शनिबार, १० मङ्सिर २०७९, १२ : ४०
शनिबार, १० मङ्सिर २०७९

शुक्रबार पञ्जाबको अमृतसर क्षेत्रमा भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन् । बीएसएफको दाबी छ, उक्त ड्रोन पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो ।

बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए । घटनापछि पुरै क्षेत्रलाई घेराबन्दी गरेर प्रहरी र सम्बन्धित एजेन्सीलाई यसबारे जानकारी दिइएको थियो । 

समाचार एजेन्सी एएनआईका अनुसार बीएसएफका जवानले ड्रोनमा लागू औषधको दुई प्याकेट बरामद गरिएको थियो । त्यसको तौल २.५ किलोग्राम रहेको थियो । –बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप