क्यान्सरबारे जनचेतना जगाउन नग्न भए २५ सय जना स्वयंसेवक
शनिबार, १० मङ्सिर २०७९, १२ : ३४
छालाको क्यान्सरबारे जनचेतना जगाउने एक कलाका लागि करिब २५ सय स्वयंसेवकहरू सिड्नीको बोन्डी तटमा नग्न बनेका छन् । अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकको पछिल्लो परियोजना अस्ट्रेलियन नागरिकहरूलाई नियमित रुपमा छालाको क्यान्सरको जाँच गराउन उत्प्रेरित गर्नका लागि लक्षित रहेको छ ।
यो तटमा नग्न हुन लागि हालै मात्र त्यहाँको कानुन परिवर्तन गरिएको थियो । विश्व क्यान्सर रिसर्च फन्डका अनुसार अस्ट्रेलिया छालाको क्यान्सरबाट सबैभन्दा प्रभावित देशमा पर्दछ । स्किन चेक च्याम्पियन्स नामक संस्थाको सहकार्यमा गरिएको यो कला प्रदर्शनमा बिहान ३ः ३० बजेदेखि स्वयंसेवकहरू तटमा भेला भएका थिए । टुनिक विश्वका चर्चित स्थानहरूमा नग्न कला प्रदर्शनीका लागि चिनिन्छन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता