बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : गिएर्मो ओचोआ, मेक्सिको

पोजिसन : गोलकिपर, उमेर : ३७ वर्ष
शनिबार, १० मङ्सिर २०७९, ११ : ४७
शनिबार, १० मङ्सिर २०७९

ओचोआलाई मेक्सिको र विश्वकपको लिजेन्ड मानिन्छ । किनभने क्लबमा जस्तोसुकै प्रदर्शन गरे पनि आफ्नो देशका लागि ठुला प्रतियोगिताहरूमा उनले सधैँ राम्रो प्रदर्शन गर्ने गरेका छन् । 

उनको भरपर्दो उत्तराधिकारी नभेटिएकाले यो विश्वकपमा पनि मेक्सिको डिफेन्सको अन्तिम लाइनमा उनकै भरोसामा रहेको छ । कतार विश्वकपको पहिलो खेलमा पनि उनले रोबर्ट लेवान्डोस्कीको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई महत्त्वपूर्ण अङ्क दिलाइसकेका छन् ।

पाँचौँ पटक विश्वकपमा सहभागिता जनाइरहेका ओचोआ हाल मेक्सिकन क्लब अमेरिकासँग आबद्ध छन् । फेरि एकपटक उनले युरोपियन फुटबलका लागि दाबेदारी प्रस्तुत गर्ने आङ्कलन गरिएको छ । यसअघि स्पेनिस क्लब मालागा र ग्रानाडासँग आबद्ध भएका उनी त्यहाँ सफल हुन सकेनन् । 

यता मेक्सिकोका लागि भने आफ्नो उत्कृष्ट गोलकिपिङको मद्दतले उनले धेरैपटक विश्वका उत्कृष्ट स्ट्राइकरहरूलाई निराश बनाइसकेका छन् । मेक्सिकोका लागि सन् २००५ मा डेब्यू गरेका उनले १३२ खेल खेलिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप