पाँचथरमा एमालेका नेम्वाङ विजय जुलुसमा गएपछि मतपेटिकामा भेटियो प्रत्यक्षतर्फको थप मत
शनिबार, १० मङ्सिर २०७९, ११ : ३२
पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत गन्न थालिएको थियो । सो क्रममा १२ थान प्रत्यक्ष तर्फको मतपत्र भेटिएको पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए ।
सो मतपत्र समेत प्रत्यक्षमा गणना गरेको र अरु भेटिए पनि त्यसरी नै गणना गर्दै जाने उनले बताए । हालसम्म निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष तर्फको मतगणना सकेपनि आधिकारिक रुपमा घोषणा गरी प्रमाणपत्र नदिएको मुख्य अधिकृत दाहालले बताए । समानुपातिक तर्फको सबै मतपत्र गणना भएपछि मात्र विजेता घोषणा गरेर प्रमाणपत्र दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स