बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एचडीएलले घोषणा गर्‍यो ७० प्रतिशत लाभांश

शनिबार, १० मङ्सिर २०७९, ११ : २९
शनिबार, १० मङ्सिर २०७९

हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल)ले आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने भएको हो ।

आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल घोषणा गरेपनि गत वर्षको तुलनामा कम्पनीको लाभांश वितरण घटेको छ । गत आर्थिक वर्ष कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी सतप्रतिशत लाभांश वितरण गरेको थियो ।

चालू आर्थिक वर्षमा भने गत वर्षको तुलनामा ३० प्रतिशतले लाभांश घटेको छ । यसपटक कम्पनीले सेयरधनीहरूलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।

डिष्टिलरीले पुसको २७ गतेलाई २२ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको लाभांश लिनका लागि पुस २० गतेभन्दा अघिल्लो दिनसम्म कम्पनीको सेयरधनी बन्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप