मुगु (क) बाट गठबन्धनलाई पराजित गर्दै एमालेका मल्ल विजयी
शनिबार, १० मङ्सिर २०७९, १० : ३३
कर्णाली प्रदेशको मुगु बाहेक सबै जिल्लाको चुनावी नतिजा आइसकेको छ । मुगु (क)को पछिल्लो नतिजा अनुसार गठबन्धनलाई पराजित गर्दै एमालेका जितबहादुर मल्लले जित निकालेका छन्।
मल्लले आफ्ना प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल बहादुर बमलाई १ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । मल्लले ६ हजार ६१८ मत ल्याएर निर्वाचित हुँदा समाजवादीका बमको पक्षमा ५ हजार ४४५ मत आएको छ ।
निर्वाचित मल्ल एमालेका मुगु जिल्ला अध्यक्ष हुन् भने पराजित बम यसअघि ०७४ मा एमालेबाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह