बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हेरिटेज प्याजेन्टस् : रसीया र थाइल्याण्डलाई शीर्ष उपाधि, नेपाले पनि जित्यो दुई अवार्ड

शनिबार, १० मङ्सिर २०७९, १० : ११
शनिबार, १० मङ्सिर २०७९

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस्’ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा हालै सम्पन्न ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल २०२२’ मा नेपालले दुई उपाधि जित्न सफल भएको छ ।

प्रतियोगितामा नेपालको तर्फबाट सहभागी परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड तर्फ दुई उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा मिसेस तर्फकी सहभागी परिन्दाले ‘मिसेस एलिगेन्स विधा’को उपाधि हात पार्दा मिस तर्फ सहभागी परिसाले ‘मिस मल्टिमिडिया अवार्ड’ जित्न सफल भएकी हुन् ।

नेपाली संस्था ईप्लानेट प्रा.लिको आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेसको सहकार्यमा आयोजित प्रतियोगिताको यो पाँचौ संस्करण हो । प्रतियोगितामा रसियाकी ३० वर्षिया एना किरिलिनाले ‘मिस हेरिटेज इन्टरनेसनल २०२२’को शीर्ष उपाधि हात पारिन् ।

प्रतियोगीतामा ‘मिसेस हेरिटेज इन्टरनेसनल २०२२’ को शीर्ष उपाधि भने थाइल्याण्डकी ३९ वर्षीय फोन्टिप श्रीवारन्युले हात पारेकी छन् ।

मलेशियाको क्वालालम्पुरस्थित भिभा मलमा रहेको मेगा स्टार एरिनामा आयोजित प्रतियोगिताको कोरियोग्राफी नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका वेस्ली सअले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा नेपाली नाट्य क्षेत्रमा चर्चित व्यक्तित्व विमल सुवेदी, मलेशियाका फेसन र प्याजेन्ट क्षेत्रका थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो, वल्र्ड ब्युटी प्याजेन्टस अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप