शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाराको ४ प्रतिनिधि सभा सदस्य पदमा २ एमाले, १ जसपा, १ एकीकृत समाजवादी  विजयी

८ प्रदेशसभा सदस्यको पनि मतगणना सम्पन्न
शनिबार, १० मङ्सिर २०७९, ०८ : ५७
शनिबार, १० मङ्सिर २०७९

बाराको प्रतिनिधि र प्रदेश सभा सदस्यको चारवटै निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ । जसअनुसार नेकपा एमालेले दुई प्रतिनिधि सभा र चार प्रदेश सभा विजयी भएको छ । 

जसपाले एक प्रतिनिधिसहित दुई प्रदेश सभामा जित निकालेको छ । नेकपा एकिकृत समाजवादीले एक प्रतिनिधि सभा हात पारेको छ । त्यस्तै लोसपाले एक प्रदेश सभा र एक स्वतन्त्र उम्मेदवारले प्रदेश सभामा जित निकालेका हुन । समानुपातिक तर्फ भने मतगणना जारी छ ।

प्रतिनिधि सभा सदस्यमा बारा निर्वाचन क्षेत्र नं १ मा अच्युत मैनाली, बारा २ मा भने पूर्व वन मन्त्री तथा जनता समाजवादी पार्टीका रामसहाय यादब , बारा ३ मा एमालेकी ज्वाला साह  र बारा ४ मा नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ  निर्वाचित भएका छन् । 

बाराको प्रतिनिधि सभा सदस्यमा कस्ले कति मत ल्याए  ?
बारा निर्वाचन क्षेत्र नं १ मा एमालेका अच्युत मैनालीले ३९ हजार १९५ मत ल्याएर विजयी भएका हुन । सो निर्वाचन क्षेत्रमा बहालवाला खानेपानी मन्त्री तथा काग्रेसका उम्मेदवार उमाकान्त चौधरीले ३० हजार ०५६ मत ल्याएका छन । 

बारा निर्वाचन क्षेत्र नं २ मा जसपाका रामसहाय यादबले १३ हजार ८२२ मत ल्याएर विजयी भएका हुन । माओवादी नेता शिवचन्द्र कुश्वाहाले १३ हजार ४६८ मत ल्याएका छन । बारा ३ मा एमालेकी ज्वाला साहले २० हजार २५१ मत ल्याई विजयी भइन भने उनका प्रतिस्पर्धी जसपाका रामबाबु यादबले १७ हजार २६९ मत ल्याए । 

बारा ४ मा भने सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले २९हजार ५०५ मत प्राप्त गरेर विजयी भए भने एमाले उम्मेदवार एकवाल मियाले १९ हजार ४३९ मत प्राप्त गरेका छन् । बाराको ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा गठबन्धनको ठुलो दल भने शुन्यमा झरेको छ । 

८ वटा प्रदेशसभा सदस्यमा को को  भए निर्वाचित ?
शुक्रवार राती सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा बाराको ८ वटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ । 

बाराको निर्वाचन क्षेत्र नं. १ को (क) मा नेकपा एमालेका त्रिलोकी चौधरी १६ हजार ७९८ मत सहित विजयी भएका छन, उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका रमेश दङ्गालले १४ हजार २७० मत ल्याएका छन । त्यसैगरी बारा १ (ख) मा मधेश प्रदेशका पूर्व सभामुख जसपाका नेता सरोज यादबले १५ हजार ९२७ मतले पुन विजयी भएका छन, यादवका प्रतिस्पर्धी नेपाली काग्रेसका नागेन्द्र साह कानुले ११ हजार ४० मत प्राप्त गरेका छन् ।  

बारा निर्वाचन क्षेत्र नं  २ को (१) मा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलबार ९ हजार २९५ मतसहित दोस्रो कार्यकालको लागि पुनः विजयी भएका छन् । कलवारका प्रतिस्पर्धी एमालेका बलबिर चौधरीले ६हजार ८६७ मत प्राप्त गर्न सफल भए ।

क्षेत्र नं. २ कै (ख) मा जसपाका नेता बच्चा राउत पुन दोस्रो पटक विजयी भए । राउतले १० हजार ३०२ मत ल्याउन सफल भए भने प्रतिद्धन्द्धी काग्रेसका रामअयोध्या यादबले ८ हजार ९३९ मत ल्याउन सफल भए । बारा निर्वाचन क्षेत्र नं ३ मा क्रमश एमालेका रबिन्द्र दास श्रेष्ठले ८ हजार १९५ मत ल्याई बिजयी भएका छन । माओवादीका मुकेश साहले ७ हजार ३०९ मत प्राप्त गर्न सफल भए ।
 
क्षेत्र नं. ३ (ख) मा एमालेका महमद समिर ६८ मत बढी ल्याएर बिजयी भएका छन । समिरले ८ हजार ३२३ मत ल्याउन सफल भए भने जसपाका नेता पारस साहले ८ हजार २५५ मत ल्याएका छन् । बारा निर्वाचन क्षेत्र नं. ४ (क) मा एमालेका देवनारायण चौधरी विजयी भएका छन । चौधरीले १३ हजार ६१९ मत ल्याए भने माओवादीका क्षेत्र बहादुर श्रेष्ठले ९ हजार ९८९ मत प्राप्त गरेका थिए । 

क्षेत्र नं. ४ (ख) मा लोसपाका नेता जितेन्द्र सोनल पुन: दोस्रो कार्यकालका लागि विजयी भएका छन् । सोनलले १३ हजार ५९६ मत ल्याउँदा उनका प्रतिस्पर्धी जसपाका आत्मराम साहले ८ हजार २६२ मत ल्याउन सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप