शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय अभिनेत्री शबाना आजमीले भनिन्– ‘रंगकर्मी मिलेर यति सुन्दर नाटकघर बनाएका छन्, धेरै धेरै बधाई’

शनिबार, १० मङ्सिर २०७९, ०८ : ५४
शनिबार, १० मङ्सिर २०७९

काठमाडौंको थापागाउँस्थित मन्डला थियटरले शुक्रबार भारतीय प्रख्यात अभिनेत्री शबाना आजमीको उपस्थितिमा ‘नेपाल इन्टरनेसनल थियटर फेस्टिभल–२०२२’को उद्घाटन ग¥यो । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन साह, नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम, शबाना आजमी, फेस्टिभल निर्देशक रंगकर्मी सिर्जना सुब्बा आदिले मन्तव्य राखेका थिए । 

समारोहमा संस्कृतिमन्त्री श्रेष्ठले नेपाल र अन्य देशबीचको पर्यटन प्रवद्र्धन गर्न यस अन्तर्राष्ट्रिय नाट्य महोत्सवले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यहाँको सौन्दर्यमा अनेकौँ जाति भाषा, धर्म, संस्कृति अनि परम्पराहरूको हिस्सा मिसिएको छ । जसमा हामी र हाम्रा पुर्खाहरूको जीवन पद्धति र पहिचान मिसिएको छ,’ संस्कृतिमन्त्री श्रेष्ठले भने, ‘कला, साहित्यले ती पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।’ महोत्सवले अन्य देशबीच कूटनीतिक रुपमा रहेका कतिपय सम्बन्धलाई मानवीय रुपमा जोड्न सक्ने उनको भनाइ थियो । 

कलालाई प्रवद्र्धन गर्नु काठमाडौं महानगरको जिम्मेवारी भएकाले अर्को वर्षदेखि बजेट रातो किताबमै ल्याएर नाटक महोत्सव अझ भव्य तरिकाले गर्नतर्फ आफूले सोचेको मेयर बालेन साहको भनाइ थियो । ‘कलामा लगानी गर्न हामी सम्पन्न हुनुपर्छ भन्ने हाम्रो गलत बुझाइ छ । हाम्रो अवस्था जस्तो छ, त्यही हैसियतकै अवस्थामा हामी कला प्रवद्र्धनमा लाग्नुपर्छ,’ उनले भने । 

समारोहमा भारतीय कलाकार शबानाले रंगमञ्च र समस्त कलाहरूले परिवर्तनको माहोल बनाउन सामथ्र्य राख्ने बताएकी थिइन् । ‘मलाई मन्डला थियटरको सबैभन्दा राम्रो कुरा यो लाग्यो कि रंगकर्मीहरु मिलेर यति सुन्दर नाटकघर (मन्डला थियटर) बनाएका छन् । यसका लागि धेरै धेरै बधाई,’ उनले भनिन् । 

शुक्रबार मञ्चित नेपाली नाटक ‘कथा कस्तुरी’ हेरेपछि शबानाले रंगमञ्चमा शब्दहरूले त्यति महत्त्व नराख्ने बताएकी थिइन् । जुन किसिमले यो कथा भनिएको थियो । यसमा म निर्देशक (दिया मास्के)लाई धेरै धेरै बधाई दिन्छु,’ उनले भनिन्, ‘यस नाटकमा सबै टिमले पूर्ण ऊर्जाका साथ काम गर्नुभएको छ । खास रुपमा लाइट र म्युजिकको यस नाटकमा ठूलो योगदान छ । म सन्तुष्ट भएँ ।’

प्रदर्शनका हिसाबले आजमीको पहिलो फिल्म अंकुर हो, सन् १९७५ मा प्रदर्शनमा आएको यस फिल्मबाट आजमीले नेसनल फिल्म अवार्ड पाएकी थिइन् ।

उद्घाटन समारोहका बीचमा नाटकसंग्रह ‘इन्द्रधनुष’को विमोचन गरिएको थियो । मन्डला थियटरले आयोजना गरेको, अनुप बराल र अनुप सुवेदी मेन्टर रहेको ‘नाटक लेखन परियोजना २०२२’ का क्रममा लेखिएका सातवटा नाटक समेटिएकाले पुस्तकको नाम सात रंगको प्रतीकका रुपमा इन्द्रधनुष राखिएको हो । समारोहमा रंगकर्मी अनुप बरालले भने, ‘नेपाली रंगमञ्चको पछिल्लो परिदृश्य हेर्ने हो भने, खड्कने विषय नाटक लेखन नै हो । यहाँ जो आउँछ, अभिनेता र नाटक निर्देशक बन्छु भनेरै आउँछ । तर, हामीकहाँ मञ्चपछाडि बसेर काम गर्नेहरू कम छन् । अझ नाटक लेख्ने लेखक दुर्लभ छन् ।’ 

पछिल्लो समय जुन किसिमले नाट्य लेखनमाथि उदासिनता देखिएको छ, शून्यता छाएको छ, त्यसलाई पुर्न मन्डला थिएटरले कार्यशाला आयोजना गरेको उनको भनाइ थियो । 

‘इन्द्रधनुष’मा सन्दीप श्रेष्ठको ‘चन्द्रलाई कसले मा¥यो’, सुरज यादवको ‘बहुरिया’, समृद्धि नेपालको ‘उनालोम’ अन्जान प्रदीपको ‘नवदुर्गा’, भूमिका थारुको ‘माधुराम’, हिरा बिजुली नेपालीको ‘कमरेड ऐलानी’ र प्रनिश मगरको ‘कुभिन्डोको कथा’ नाटक समेटिएका छन् । 

फेस्टिभल निर्देशक सिर्जना सुब्बाले महोत्सवमार्फत सामाजिक सौहार्दतालाई बलियो बनाउँदै सांस्कृतिक सम्पदाहरूको संरक्षणतर्फ सबैलाई लैजान चाहेको बताइन् । ‘यिनै कुरालाई ख्याल गरेर यसपटक महोत्सवका लागि नाटक छानिएको छ,’ उनले भनिन्, ‘नाटकले बोक्ने भाव र विषयसँगै त्यसको शैलीमा समेत विविधता आवोस् भन्नेमा हामी सचेत भएका छौँ । सामाजिक र सांस्कृतिक मुद्दासँगै जलवायु परिवर्तनका मुद्दालाई समेत छोएका छौँ ।’ 

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च ः विविधता उत्सव’ नारासहित सुरु भएको महोत्सव १७ मंसिरसम्म चल्नेछ । जसमा नेपालसहित ११ देशका १८ नाटक मञ्चन हुनेछन् । योसँगै नाट्य कलाका विषयमा विभिन्न छलफल समेत हुनेछन् । आज (शनिबार) साढे ७ बजे शबाना आजमीको ‘मास्टर क्लास’ सेसन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप