शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविताः जागौ अब लागौँ

शनिबार, १० मङ्सिर २०७९, ०८ : १८
शनिबार, १० मङ्सिर २०७९

महिला हिंसा अन्त्यबारे मनाउँदै छौ दिवस

कसले बुझ्ने दुरदराजका ती नारीको सकस

१६ दिने अभियानमा केही कुरा कहन्छु

भन्छिन् उनी म धर्ती हु हजारौ चोट सहन्छु 

जमिन उधार्दा कहिले छ र धर्ती थर्थर काप्या 

महिला विना यो संसारमा कसले के छ नाप्या

जन्म दिने उनै नारी भाइटीकामा पुज्ने 

आधा आकाश उनै नारी भन्ने कहिले बुझ्ने 

पेटमा छोरी, हिंसा सुरु कस्तो हो यो रिति 

तर अब तोड्नु पर्छ कुसंस्कारको थिति

संसार हाक्ने भबिस्यका यिनै हुन वालिका 

हिंसा अन्त्य, लागि पर संघ, प्रदेश, पालिका 


महिला हिंसा थरी थरी, मात्र कम र बढी  

गर्भपतन, यौन हिंसा, बलत्कार, छाउपडी 

बालबिबाह, बालश्रम अनि बोक्सीको छ आरोप

एसिड, दाइजो, बेचबिखन, जिउँदै जलाउने प्रकोप


गर्भपतन पटक पटक, पायो छोरो बल्ल 

लान्छ त्यसले वृद्धाश्रममा पर्छन् अलमल्ल  

नारी हिंसा दिनानुदिन रिस उठ्यो झन्न 

नारी बिना चल्छ सृष्टि सक्छौ तिमी भन्न 


सासू बुहारी कहिलेकाहि मिल्दैन नि तालमेल

नारीबाट नारीमाथि हुने फोहोरी खेल 

सेवा गर्छौ पुरुषलाई खानपीन न्यानो तातो

चार पैसा माग्नु पर्दा हुने त्यो मुख रातो 

लेख्ने बेला ऐन र कानुन भरे पानाभरि

ब्यवहारमा महिला हिंसा हुन्छन् नानाथरी 

भ्याई नभ्याई छ घरको काम तै नि फुट्छन चुरा

खोज्न उठ नारी, छोरी अधिकारका कुरा


सृष्टि हाँक्न एकै रथका दुई पाङ्ग्रा भए

भिन्न जाति सोच बनाएर हेर्ने ती दिन गए

हिजो जस्तो छैन आज गए त्यस्ता पारा 

नारीले छुन्छिन् अब आकाशको त्यो तारा 


दिनानुदिन असुरक्षित ती अबोध बालिका,

बन्नु पर्छ नारी तिमी  माँ दुर्गा, कालीका 

अर्काकै मुख ताकी अब नबस है चेली,

हिंसा भए आफै उठ ए बेली चमेली 


१०

भन्छौ मर्द, जन्म लियौ नारीकै यो कोखमा

नारीमाथि हिंसा गर्छौ ठुलो बन्ने सोखमा

ए बालिके नमान लाज मनको कुरा खोल्नु,

महिला हिंसा बन्द गर्न पुरुषले नि बोल्नु 


११

नारी पनि बन्न सक्छे डाक्टर, पाइलट नेता

राष्ट्रपति, प्रधानमन्त्री बन्ने पालो यता 

उदाहरण UNOPS छ नि निर्माणमा महिला 

अवसर छ यहाँ हेर पुरुष भन्दा पहिला 


१२

प्रतिशत बढ्नु पर्छ राजनीतिमा नारी 

लैङ्गिक उत्तरदायी बजेट योजनामा पारी 

नीति, कानुन कार्यान्वयनमा नारी पुरुष मिल 

विद्यालय हुनु पर्छ शून्य सहनशील 


१३

९३ को प्रस्ताव नम्बर ४८ ले भन्या १९९३ UN महासभा

सहस्राब्दी विकास लक्ष्य तिमै् लागि बन्या 

विश्व महिला सम्मेलन ९५ बुझ्नु 

UN प्रस्ताव १३२५ बेला बेला खोज्नु


१४

नारी पुरुष दुबै हुन् नि विकासको साधक

महिला हिंसा दिगो मानव विकासको बाधक 

नबस्नु है खुम्चिकन चुल्हो अनि चौका 

अन्तरिक्ष चुम्नु पर्छ पाउँदा खेरी मौका ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप