शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारी तिम्रो रूप

शनिबार, १० मङ्सिर २०७९, ०८ : १४
शनिबार, १० मङ्सिर २०७९

नारी
तिम्रो रूपको अघि
सूर्य, चन्द्र सबै फेल हुन्छन् ।
प्रकृति–सौन्दर्य,
जीवन–प्राण,
नङ–मासु,
नारी तिम्रो नाटक सौन्दर्य
हिमालझंै अटल छ ।

नारी तिम्रो  रुपको अघि
शंकर भोले बाबा 
न त सक्छन् टिक्न,
मुनाको मदन बनी
हीरको राँझाजस्तै 
आफू सक्छन् बिक्न,
माया र सौन्दर्यको पाठ
धेरैले सक्छन् सिक्न,
नारी तिम्रो  मायाको संसार
पानीजस्तै कञ्चन छ ।

नारी तिम्रो रुपको अघि
रावणजस्तो शक्तिशाली,
हिटलरजस्तो ढुङ्गा पनि
पग्लिएर मैन बन्छन्
तिमी त जादुवाली हौ
मोहनीवाली हौ
सौन्दर्यवाली हौं,
दिलवाली हौ 
शक्तिशाली हौ
न्यायवाली हौ
त्यसैले त
तिम्रो  एकै नजरले
सबै अन्यायी नाश हुन्छन् ।

नारी
तिम्रो रुपको व्याख्या गर्दागर्दै
मेरो शब्दकोशको शब्द न पुग्ला
अक्षर न जुर्ला,
किनकि
तिमी त कविहरुको कवितामा हुन्छौ
वैज्ञानिकहरुको विज्ञानमा,
डाक्टरहरुको औषधिमा,
सृष्टिको रचनामा हुन्छौं  ।
जहाँ, जहाँ हेर्छु,
त्यहाँ त्यहाँ
तिमी नारी
आफ्नो सौन्दर्यको
धेरै रुप बोकी
हाजिर हुन्छौ ।
नारी तिमीलाई छ सलाम ।
–कैलाली
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप