कमजोर बन्यो कमल थापाको पार्टी, समानुपातिकमा पायो ६ हजार ९२२ मत
शनिबार, १० मङ्सिर २०७९, ०८ : ०५

राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापा मंसिर ४ को निर्वाचनबाट कमजोर अवस्थामा देखिएका छन् । आफू सूर्य चिह्नबाट चुनाव लडेका थापाको पार्टीको समग्र अवस्था कमजोर देखिएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि थापाको पार्टीको मत कमजोर देखिएको हो । शनिबार बिहानसम्मको मतगणनाअनुसार थापाको पार्टीले जम्मा ६ हजार ९२२ मत पाएको छ। जवकी उनको पूर्वपार्टी राप्रपाले ३ लाख ८९ हजार २६० मत पाइसकेको छ । सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट तेस्रो भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?