ग्रेटा थनबर्गसहित ६ सय जनाद्वारा स्विडेन सरकारविरुद्ध मुद्दा दायर
स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् ।
‘स्वीडिस कानुनी प्रणालीमा यति ठूलो मामिला कहिल्यै भएको थिएन’ मुद्दा दायर गर्ने मध्येकी एक इडा एडलिङ अरोराले बताइन् । शुक्रवार शहरमा भएको विरोध प्रदर्शनको क्रममा स्टकहोम जिल्ला अदालतमा प्रतीकात्मक रूपमा पेस गरिएको मुद्दा पहिले इलेक्ट्रोनिक रूपमा अर्को स्टकहोम अदालतमा दायर गरिएको अरोराले बताइन । स्वीडेनको नयाँ दक्षिणपन्थी सरकारले कमजोर जलवायु लक्ष्यहरूको लागि बढ्दो आलोचनाको सामना गरिरहेका बेला सरकारविरुद्ध मुद्दा दायर भएको हो ।
‘जलवायु संकट चिन्ताजनक र डरलाग्दो भएको’ भन्दै आफू प्रदर्शनमा भाग लिएको १९ वर्षीय विद्यार्थी मोआ विडमार्कले बताइन् । ‘हामी विपत्तितर्फ जाँदैछौँ ’, उनले भनिन् । हालैका वर्षहरूमा बढ्दो संख्यामा संगठन र नागरिकहरूले उनीहरूले जलवायुमा सरकारको निष्क्रियता भएको दाबी गर्दै सरकारविरुद्ध अदालतहरूमा मुद्दा दायर गरेका छन् ।
यसैबीच, सन् २०१९ को डिसेम्बरमा नेदरल्याण्डको सर्वोच्च अदालतले सरकारलाई पर्यावरण समूहले ल्याएको एउटा ऐतिहासिक मुद्दामा २०२० सम्ममा हरितगृह ग्यासहरूलाई कम्तीमा २५ प्रतिशतले घटाउन आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छ : व्यवसायी
-
पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर राहत वितरण
-
जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ, च्याङ्ग्राको कति ?
-
११ करोड बढीको सुनसहित हेटौँडाबाट २ जना पक्राउ
-
काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
-
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता