तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी
शनिबार, १० मङ्सिर २०७९, ०६ : ३२

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्।
निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी एमालेका विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए । मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी मोर्चाको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
युद्धविराम प्रस्ताव : जेलेन्स्कीलाई पुटिनमाथि ठूलो शंका
-
तराई तथा मधेसमा आज होली मनाइँदै
-
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ?
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल