प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै
शनिबार, १० मङ्सिर २०७९, ०५ : ५९

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)